Sarubhakta Kendra

                                                 (Under Constructions)

 

 

सूचना : नेपाली वाङमयका चर्चित साहित्यकार एवम् संगीत तथा नाट्य प्रज्ञाप्रतिष्ठानका पूर्व कुलपति श्री सरुभक्त श्रेष्ठले स्थापना गर्नुभएको ‘गणेश—लक्ष्मी राष्ट्रिय बाल प्रतिभा पुरस्कार' प्रत्येक वर्ष नगद रु. ५०,०००/— (पचास हजार) तथा सम्मान पत्र सहित अन्तर्राष्ट्रीय बाल दिवसको सन्दर्भ पारेर बितरण गरिने भएकोले देश भर छरिएर रहेका १६ वर्ष मुनीका बाल प्रतिभाहरुले आ—आफ्नो प्रतिभा प्रमाणित हुने गरी ‘सरुभक्त केन्द्र’ को ठेगानामा आवेदन गर्नुहुन हार्दिक अनुरोध गर्दछौं । ठेगाना : गणेश—लक्ष्मी राष्ट्रिय बाल प्रतिभा पुरस्कारको सचिवालय, सरुभक्त केन्द्र— बागबजार, पोखरा—१, फोन : ०६१—५७१८५५/०६१५५३८३१ इमेल : info@sarubhakta.org .

पोखरा चैत्र १४ गते ।
जन्मले इलामकी छोरी, बिबाहले पोखराकी बुहारी र कर्मले चितवन निवासी श्रीमति गायत्री श्रेष्ठको नविनतम कृति ‘आफ्नै मनको सागरमा’ एक बिशेष समारोहका बिच लोकार्पण भयो । साहित्यकार एवं पूर्व कुलपति श्री सरुभक्त श्रेष्ठको प्रमुख आतिथ्यतामा उक्त समारोह सफलताका साथ सम्पन्न भएको थियो । 
पोखराको जेष्ठ संस्था पोखरेली युवा साँस्कृतिक परिवारले नेवा ः छें को सभाहलमा आयोजना गरेको उक्त कार्यक्रममा संस्थाका अध्यक्ष मोती भुजेलले स्वागत मन्तब्य, कवि तीर्थ श्रेष्ठले स्रष्टा परिचय, युवा समालोचक उपेन्द्र पौडेलले कृतिमाथि चर्चा, लोक गायिका हरिदेवी कोईराला एवं कवि रमेश श्रेष्ठले शुभकामना मन्तब्य राख्नु भएको थियो ।
‘आफ्नै मनको सागरमा’ गीत सँगालोका सर्जक गायत्री श्रेष्ठले आफ्नो कृति पोखरामा लोकार्पण गर्न पाउँदा ज्यादै गौरवान्वित भएको र पोखरा प्रति सानै भएपनि कर्तब्य निर्वाह गर्न पाएकोमा खुसी लागेको बताउँनु भयो । सो महारोहलाई प्रमुख अतिथिको रुपमा सम्बोधन गर्दै साहित्यकार सरुभक्तले गायत्री देवी अत्यन्त ब्यावहारिक र सरल कोटीका लेखिका भएको र अनेकौं ब्यस्तताका बाबजुद पनि साहित्य सृजनामा कृयाशील हुन सकेकोमा आफूलाई हर्ष लागेको बताउँनु भयो । साथै र्सजनात्मक कर्मलाई उमेरले नछेक्ने रहेछ भन्दै उहाँले नेपाली साहित्य सृजनामा सतायु पुगेका राष्ट्रकवि माधवप्रसाद घिमिरे र सँस्कृती विद सत्यमोहन जोशी एक ज्वलन्त उदाहरण भएको बताउँनु भयो ।
अन्तमा, साहित्यकार सरुभक्तले गायत्री देवीको सृजनात्मक यात्रामा बुनै बाधा ब्यवधान नआवोस् भन्दै उहाँको सफलता, सुस्वास्थ्य र उन्नतीको कामना गर्नुभएको थियो ।