Sarubhakta Kendra

                                                 (Under Constructions)

 

 

सूचना : नेपाली वाङमयका चर्चित साहित्यकार एवम् संगीत तथा नाट्य प्रज्ञाप्रतिष्ठानका पूर्व कुलपति श्री सरुभक्त श्रेष्ठले स्थापना गर्नुभएको ‘गणेश—लक्ष्मी राष्ट्रिय बाल प्रतिभा पुरस्कार' प्रत्येक वर्ष नगद रु. ५०,०००/— (पचास हजार) तथा सम्मान पत्र सहित अन्तर्राष्ट्रीय बाल दिवसको सन्दर्भ पारेर बितरण गरिने भएकोले देश भर छरिएर रहेका १६ वर्ष मुनीका बाल प्रतिभाहरुले आ—आफ्नो प्रतिभा प्रमाणित हुने गरी ‘सरुभक्त केन्द्र’ को ठेगानामा आवेदन गर्नुहुन हार्दिक अनुरोध गर्दछौं । ठेगाना : गणेश—लक्ष्मी राष्ट्रिय बाल प्रतिभा पुरस्कारको सचिवालय, सरुभक्त केन्द्र— बागबजार, पोखरा—१, फोन : ०६१—५७१८५५/०६१५५३८३१ इमेल : info@sarubhakta.org .

पोखरा चैत्र २ ।
पोखरा क्षेत्रका आध्यात्मिक चिन्तक एवं सनातन धर्म सेवा समिति, कास्कीका अध्यक्ष श्री रविन्द्र माकाजुले आफ्नो ६० औं जन्म दिवसको अवसर पारेर आफ्ना तिन कृति लोकार्पण गर्नु भएको छ । साहित्यकार एवं पूर्व कुलपति श्री सरुभक्त श्रेष्ठको प्रमुख आतिथ्यतामा उक्त समारोह सफलताका साथ सम्पन्न भएको थियो । 
पोखरा नयाँबजारमा अवस्थित ब्रह्मकुमारी ईश्वरीय विश्वबिद्यालयको भवनमा सम्पन्न भएको उक्त समारोहलाई सम्बोधन गर्दै प्रमुख अतिथि सरुभक्त श्रेष्ठले मान्छेको जन्मदिन भन्दा मान्छेको सृजनात्मक कर्म बढि महत्वपूर्ण रहने कुरा ब्यक्त गर्दै रविन्द्र माकाजु ज्यूको लगनशीलता, मेहनत र सरलताबाट आफू प्रभावित भएको बताउँनु भयो । सो समारोहमा ब्रह्मकुमारी ईश्वरीय विश्वबिद्यालय नेपालका प्रमुख संचालिका ब्रह्मकुमारी दिदी परणिताले स्रष्टा प्रति सुभेक्षा ब्यक्त गर्दै प्रमुख अतिथि सरुभक्तलाई सम्मान गर्नुभएको थियो ।
पोखरा क्षेत्रका बिभिन्न ब्यक्ति—ब्यक्तित्वहरुको सहभागिता रहेको सो कार्यक्रम अन्र्तराष्ट्रिय नेपाली साहित्य समाज, कास्कीले आयोजना गरेको थियो ।
............................................................................................................................